दफा १३
कन्साइनमेण्ट लैजानको लागि अनुमति लिनु पर्ने
– (१) बिरुवा र बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेण्ट नेपालको बाटोबाट अन्य मुलुकमा लैजान चाहेमा सम्बन्धित व्यक्ति वा संस्थाले तोकिएको दस्तुर संलग्न गरी तोकिए बमोजिमको ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कार्यालयले निवेदन साथ संलग्न कागजात र त्यस्तो कन्साइनमेण्ट जाँचबुझ गर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा त्यस्तोे कन्साइनमेण्ट देहाय बमोजिमको भएमा सो कार्यालयले त्यस्तो कन्साइनमेण्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजान अनुमति दिनेछ
(क) शत्रुजीव बाहिर निस्कन वा पैmलिन नसक्ने गरी प्याकिङ्ग गरिएको,
(ख) कन्साइनमेण्ट र त्यससँग सम्बन्धित कागजात गन्तव्य राष्ट्रको बिरुवा वा बिरुवाजन्य उपजको पैठारी सम्बन्धी शर्त बमोजिमको भएको,
(ग) कन्साइनमेण्ट स्वस्थता प्रमाणपत्र अनुसारको भएको, र
(घ) कन्साइनमेण्ट ओसार पसार गर्दा त्यसबाट नेपालमा कुनै प्रकारको असर नपर्ने ।